पाल्पा–१ मा कांग्रेसका राना विजयी

पाल्पा । प्रतिनिधिसभा सदस्य चुनावमा पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी हुनुभएकाे छ । राना १ हजार ५१७ मतान्तरसहित विजयी हुनुभएकाे हाे । रानाले १८ हजार ३३६ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नारायण आचार्यले १६ हजार ८१९ मत प्राप्त गर्नुभयाे ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गर्नुभएकाे छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search