काठमाण्डौ । रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी हुनुभएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ५६ हजार ५ सय ५० मत प्राप्त गर्नुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णुप्रसाद पौडेलले १२ हजार ८ सय ६१ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले ९ हजार ३ सय ९२ मत प्राप्त गर्नुभएको छ ।











