काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रमाणपत्र ग्रहण गरेका छन् । उनलाई मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् । एमाले अध्यक्ष ओलीले भने १८, ७३४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो ।
झापा–५ यसवर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो । काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो ।











