धनकुटा : एमालेका राजेन्द्र राईको लगातार तेस्रो जित

धनकुटा । धनकुटामा एमालेका राजेन्द्र राईले लगातार तेस्रो जित निकालेका छन् । भर्खरै सम्पन्न मतगणनामा १८ हजार १३२ मतसहित जित निकाल्दै राजेन्द्र विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गरेका छन् । यस्तै श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२ मतसहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का दिनेश भण्डारीले ९ हजार ९४४ मतसहित चौथो स्थानमा चित्त बुझाए ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले एक हजार ६६५ मत प्राप्त गरेका छन् । विजयी उम्मेदवार राईको यो चौथो संसदीय प्रतिस्पर्धामा तेस्रो जित हो । यसअघि उनी २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन धनकुटा–२ बाट उम्मेदवार रहेर पराजित भएका थिए ।

त्यसपछि उनी एमालेबाटै २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेर दुवै निर्वाचन जितेका थिए । यसपटक पनि जित निकाल्दै उनले जितको ह्याट्रिक गरेका छन् । उनी दुई पटक मन्त्री पनि बनिसकेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search