सुनको भाउ ६ हजार ५०० रुपैयाँले घट्यो

काठमाण्डाै । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ ६ हजार ५०० ले घटेर तोलाको २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ लगातार पाँच कारोबार दिन घटेको हो । मङ्गलवार तोलाको ३ लाख ९ हजार ९०० रहेको सुनको भाउ बुधवार २ हजार २०० रुपैयाँले घटेको थियो । यस्तै सुनको भाउ बिहीवार ५ हजार ४००, शुक्रवार ७ हजार ८०० र हिजो आइतवार १२ हजार ५०० रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ११५ रुपैयाँले घटेर तोलाको ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि लगातार पाँच कारोबार दिनयता घटेको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search