काठमाण्डौ । आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै अरू प्रदेशको हिमाली र पहाडी भूभाग र तराई भूभागका थोरै ठाउँहरूमा पनि मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । हिजो र गए राति पनि देशका धेरै ठाउँमा पानी परेको थियो ।
केही दिनयता लगातार जसो पानी परिरहेको छ । अझै केही दिन यसै गरी बदली र वर्षा हुने महाशाखाले जनाएको छ ।










