डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

काठमाडौ । डोटीको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचोकको कच्ची सडकमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा चालक आदर्श गाउँपालिका–३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र काँडीस्याउलेकै १९ वर्षीय कैलाश विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुङ्गेलले जानकारी दिनुभयो ।

खतेडाबाट काँडीस्याउलेका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१च ३९२३ नम्बरको जीप गएराति दुर्घटना भएको हो । दुर्घटनापछि दुवै जना साइलीखोलामा मृत अवस्थामा भेटिएको डोटी प्रहरीले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search