ठमेल क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न युगान्डाका २० जना महिला पक्राउ

काठमाण्डाै । काठमाण्डौको ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने २० जना विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ । ठमेलमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख हैरानी दिइरहेको अवस्थामा युगान्डाका २० जना महिला पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले उनीहरूलाई काठमाण्डौ महानगरपालिका–२६ फायरचोकमा रहेको सडक खण्डबाट पक्राउ गरेको हो । उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट १२ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान भइरहेको परिसरका प्रहरी उपरीक्षक एवम् प्रवक्ता पवनकुमार भट्टराईले बताउनुभयो ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search