काठमाण्डौ । आज पृथ्वी दिवस । हाम्रो पृथ्वी : हाम्रो शक्ति भन्ने नारासहित मनाइँदैछ । पृथ्वीको महत्वलाई उजागर गर्दै विश्वभरि नै हरेक वर्षको अप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाइन्छ । सन् २००९ मा संयुक्त राष्ट्रसङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यस अघि सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिका एक्लैले पहिलो पटक यो दिवस मनाएको थियो ।
राष्ट्र सङ्घको निर्णयपछि अहिले एक सय ९२ बढी देशमा यो दिवस मनाइन्छ । मानिसले गरेको विकासको असर पृथ्वीमा नकारात्मक रूपमा पर्दै गएको छ । अहिले पृथ्वीको बढ्दो तापमान एउटा मुख्य जोखिम हो ।
जसले बाढी, पहिरो, हिमताल विस्फोट, बेमौसमी वर्षा, अति वर्षा, सुख्खा जस्ता समस्या देखिएका छन् । यस्तै प्लास्टिकको बढ्दो प्रयोगसहित बढिरहेको फोहोर पनि अर्को चुनौती रहेको छ ।











