नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना चल्दै

नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानको मतगणना चलिरहेको छ । अस्तिदेखि शुरु भएको महासङ्घको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत हिजो नयाँ नेतृत्व चयनका लागि मतदान भएको थियो । नयाँ कार्यसमितिका लागि जिल्ला नगर खुलातर्फको नतिजा सार्वजनिक भएको छ ।

जिल्ला नगर खुलातर्फ अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, दासुराज पोखरेल, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मञ्जुकुमारी श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, राजु न्यौपाने, लक्ष्मणराज पौडेल, लालीमान बुढा, विष्णुप्रसाद थपलिया, शङ्कर गिरी, शिवप्रसाद मानन्धर निर्वाचित हुनुभएको छ ।

यस्तै, सन्तोष खड्का, सुदर्शन कार्की, हरिप्रसाद अर्याल विजयी हुनुभएको छ । यस्तै, महासङ्घको द्विराष्ट्रिय सदस्यमा मनोज पौडेल विजयी हुनुभएको छ । अन्य पदको मतगणना भइरहेको छ । महासङ्घको ७३ पदका लागि एक सय ३७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

महासङ्घ विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नुहुनेछ । बाँकी चार उपाध्यक्षसहित ७३ पदका लागि मतदान भएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search