कोशीमा पूर्वमुख्यमन्त्री राईले गरे रोस्ट्रमको माइक फाल्ने प्रयास, बैठक आधा घण्टा स्थगित

विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेपछि राईले प्रदेश सभाको रोस्ट्रममा माइक फाल्न पुगेका हुन् ।

माइक फाल्ने प्रयास गर्दा उनलाई मर्यादा पालककले रोकेका थिए । प्रतिपक्षी सांसदको सिटबाट कुदेर रोस्ट्रममा पुगेका उनले माइक फाल्न खोजेपछि मर्यादा पालकले रोकेर रोस्ट्रमबाट तल झारेका थिए ।

सभामुखले सांसदलाई मर्यादामा बस्न आग्रह गरे ।

यो पनि पढ्नुहोस
संशोधनको समय नदिई सभामुखले पास गरे कोशीको नीति तथा कार्यक्रम
मंगलबारको प्रदेश सभा बैठकमा संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेपछि प्रतिपक्षी दलले विरोध गरेका थिए ।

बुधबारको बैठकमा पनि प्रतिपक्षले विरोधलाई निरन्तरता दिए । प्रतिपक्षको विरोधपछि सभामुखले प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search