उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच एकता

काठमाण्डाै । उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच औपचारिक रूपमा एकता भएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज एक कार्यक्रमका बीच दुई पार्टीबीच एकताको सहमति भएको घोषणा गर्नुभएको हो ।

पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा स्वागत गर्नुभयो । उहाँले उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विभिन्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

पार्टी एकताकाे सहमतिपत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गर्नुभयाे । सहमतिपत्रमा सहमतिका ७ वटा बुँदा उल्लेख छन् ।

दुवै पक्षबीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढाउने सहमति भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search