काठमाण्डाै । सरकारले ३१ वटा सरकारी निकाय खारेज गर्ने भएको छ । आउँदाे आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले याे जानकारी गराउनुभएको हो । अर्थमन्त्रीका अनुसार ३१ निकाय खारेजी, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण तथा १८ निकायको पुनर्संरचना गरिने छ ।
उहाँले कर्मचारीतन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादन कुशल र जवाफदेही हुनेगरी कर्मचारी र सुरक्षा निकायका कर्मचारीको सेवा सुविधा निरन्तर रूपमा वृद्धि हुने प्रबन्ध मिलाइएको बताउनुभयो । साधारण खर्चमा मितव्ययिता कायम गरिने अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभयाे ।








