बजेट प्रस्तुत हुँदाहुँदै बाहिरिए हर्क साम्पाङ

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदाहुँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बाहिरिएका छन् । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहेका छन् । उनले बजेट पढ्दापढ्दै साम्पाङ भने बैठकबाट बाहिरिएका हुन् ।

उनले आफ्नो महत्वपूर्ण काम भएको भन्दै बजेटबाट बाहिरिएको बताए । ‘मेरो पार्टीका अरु साथीहरू भित्र हुनुहुन्छ । मेरो अर्को महत्वपूर्ण काम छ, त्यही भएर निस्किएको हुँ,’ साम्पाङले भने ।

 

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search