आयकरको न्यूनतम सीमा १० लाख कायम, अधिकतम् सीमा २९ प्रतिशत

काठमाडौं । सरकारले आयकरको न्यूनतम सीमा बढाएको छ । हालसम्म आयकरको न्यूनतम सीमा ५ लाख रुपैयाँ रहेकोमा सरकारले अब १० लाख पुर्‍याएको हो ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले न्यूनतम आयकरको सीमा १० लाख कायम गरिएको बताए । अब १० लाख रुपैयाँसम्म वार्षिक आम्दानी हुनेले १ प्रतिशत मात्रै कर तिरे पुग्नेछ ।

हाल एकल व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा वार्षिक ५ लाख तथा विवाहित व्यक्तिका हकमा ६ लाखको सीमा कायम छ । आयकरको स्ल्याबमा भएको परिवर्तनले बार्षिक १० लाख तलब खानेलाई करमा ५६ हजार राहत हुने भएको छ । यसअनुसार १० लाख तलव खानेलाई मासिक ५ हजार रुपैयाँ राहत मिलेको छ ।

यसअघि १० लाख तलव खानेले ६ लाखसम्म १० प्रतिशत, ६ देखि ८ लाखको पहिलो दुई लाखमा १० प्रतिशत, त्यसपछिको २ लाखमा २० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ । यसअनुसार १० लाख तलब खानेले ६ लाखसम्मकाे ६ हजार, त्यसपछि २ लाखको २० हजार र त्यसपछि २ लाखको ४० हजार गरी ६६ हजार आयकर तिर्नुपर्ने अवस्था अहिले छ ।

अब १० लाखसम्म तलव खानेले यो कर केवल १ प्रतिशत अर्थात् बार्षिक १० हजार रुपैयाँमात्र तिरे पुग्नेछ । अर्थमन्त्री डा. वाग्लले व्यक्तिगत आयकरको अधिकतम् दरमा १० प्रतिशत कटौती गरेको घोषणा समेत गरे । हाल अधिकतम् दर ३९ प्रतिशत रहेकाले अब त्यो २९ प्रतिशतमा झर्ने छ ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search