काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गरेको भए पनि अन्तिम निर्णय अझै गर्नुभएको छैन ।
ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँग झण्डै दुई घण्टा लामो बैठक सम्पन्न भएको छ । तर ठोस विषयमा कुनै अन्तिम निष्कर्ष नआएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएका बीबीसीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले अमेरिकी सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चितता भएको अवस्थामा मात्रै सम्झौता अगाडि बढाइने धारणा राख्दै आउनुभएको छ ।
यसबाट सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही समय लाग्ने देखिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले यसअघि आफ्ना ओमानी समकक्षीलाई युद्ध विरामका लागि ‘अमेरिकी अत्यधिक’ माग के हुने भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्नेमा निर्भर रहने बताउनुभएको थियो ।









