मकालु गाउँपाालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

मकालु  । संखुवासभाको मकालु गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका नीति, योजना, कार्यक्रम, बजेट तथा सेवा प्रवाह सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार मकालु गाउँपालिकाको आयोजना तथा क्वालिटी मिडिया हाउसको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न भएका विकास निमार्णका कार्य, सामाजिक तथा आर्थिक क्षेत्रका उपलब्धि, बजेट, कार्यान्वयनको अवस्था तथा सेवा प्रवाह सम्बन्धि प्रतिवेदन मकालु गाउँपालिकाका स्वास्थ्य प्रमुख छिङदोर्जी लामाले प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा पुँजिगत तर्फको कुल बजेट खर्च २६ करोड २ लाख १० हजार रहेकोमा ४५ प्रतिशत खर्च भएको जानकारी दिनुभयो ।

यस्तै चालु खर्चको कुल बजेटतर्फ २६ करोड ८६ लाख ६० हजारमा ७१ प्रतिशत खर्च भएको र कुल खर्चको कुल बजेटतर्फ ३७ करोड ६९ लाख १६ हजारमा ६० प्रतिशत खर्च भएको प्रस्तुत गर्नुभयो । यस्तै नागरिक सर्बेक्षण फारम नविनकला जैरुले प्रस्तुत गर्नु भएको थियो । सार्वजनिक सुनुवाईको क्रममा सहभागीहरुले स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, विद्युत तथा अन्य विकास निर्माणका विषयमा आफ्ना जिज्ञासा, सुझावहरु राखेका थिए । उठेका प्रश्न, जिज्ञासा, तथा सुझावहरुमा गाउँपालिका अध्यक्ष ओङदी छिरिङ शेर्पा, उपाध्यक्ष मनकला राई, वडा नं. ५ का अध्यक्ष योगराज राई लगायतले जवाफ राखेका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शेर्पाले स्थानीय सरकारप्रति नागरिकको विश्वास बढाउन पारदर्शिता, जवाफदेहीता र सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । उहाँले सार्वजनिक सुनुवाईबाट प्राप्त सुझावहरुलाई आगामी योजना तथा कार्यक्रममा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष शेर्पा, उपाध्यक्ष राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत लामा, १ देखी ६ नं. वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगायत सबै शाखाका कर्मचारीहरु, शिक्षकहरु, स्थानीय नागरिकहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search