लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको ज्यान गयो, २ जना घाइते

काठमाण्डौ । लमजुङमा धन्सारमाथि पहिरो खस्दा दुई जनाको ज्यान गएको छ । अरू दुई जना घाइते भएका छन् । मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको २ तले धन्सार भत्किँदा बाबुछोरीको ज्यान गएको हो । धन्सार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङ्दी गाउँपालिका १ घनपोखराका टिकबहादुर विक र उहाँकी कान्छी छोरी विनिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

धन्सार भत्किँदा घाइते भएका आमा सुककुमारी विक र अर्की छोरी अस्मिता विकको पोखराको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search