काठमाण्डौ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले बिहान पनि बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा र लुम्बिनी प्रदेशको एक/दुई ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पहाडी भागका धेरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
त्यस्तै तराई भागका केही ठाउँमा पनि पानी पर्ने अनुमान छ । विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ । ती क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भाग साथै मधेस प्रदेशका धेरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
गएराति पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको थियो ।











