बालबालिकाको खोप सीमित गर्ने आदेशमा ट्रम्पको हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बालबालिकालाई दिइने खोपको संख्या सीमित गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको छ । ट्रम्पको आदेशले अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले सिफारिस गरेका बाल्यकालीन खोपको संख्या १८ बाट घटाएर ११ मा सीमित गर्ने प्रस्ताव गरेको छ । यी खोपमा दादुरा, डुबेला, हाँडेरोग, डिप्थेरिया, धनुष्टंकार, टिटानस, पोलियो, हेमोफिलस इन्फ्लुएन्जा टाइप बी, न्यूमोकोकल रोग, ह्युम न प्यापिलोमा भाइरस अर्थात् एचपीभी तथा चिकेनपक्सविरुद्धको खोप मात्रै दिने उल्लेख छ ।

ट्रम्पले बालबालिकाले अहिले विगतको तुलनामा धेरै खोप लगाउने गरेका भन्दै खोपको संख्या घटाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले विगतमा बालबालिकाले अहिलेको तुलनामा कम खोप लगाउने गरेको र त्यतिबेला अटिजमको दर पनि कम रहेको दाबी गर्नुभएको बीबीसीले जनाएको । तर वैज्ञानिक अध्ययनहरूले खोप र अटिजमबीच कुनै सम्बन्ध नरहेको देखाएका छन् ।

ट्रम्पले दादुरा, हाँडेरोग, डुबेला अर्थात एमएमआर खोपलाई बच्चाको शरीरमा एकैपटक सोडाको बोतल खन्याएजस्तो भएको भन्दै खोपको मात्रा र समयबारे प्रश्न उठउनुभएको छ । तर चिकित्सकीय तथा वैज्ञानिक प्रमाणहरूले एमएमआर खोपलाई सुरक्षित र प्रभावकारी मान्दै आएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search