संखुवासभा । मुख्य निर्वाचन कार्यालय संखुवासभामा गठबन्धन र नेकपा एमालेले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा कांग्रेसका दिपक खड्काले उम्मेदवारी दर्ता गराएका छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको संखुवासभामा गठबन्धनका तर्फबाट प्रदेश क मा माओवादी केन्द्रका राजेन्द्र कार्की र प्रदेश ख मा एकीकृत समाजवादीका सरिता खड्काले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेका तर्फबाट प्रतिनिधिसभामा राजेन्द्रप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश क मा एमालेका तर्फबाट भविश्वर गुरुड र प्रदेश ख मा विदुर लिंथेपले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट प्रतिनिधिसभामा भोलामान कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपाका तर्फबाट प्रदेश क मा रमोद श्रेष्ठ र प्रदेश ख मा गोपालप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपा नेपालका तर्फबाट प्रतिनिधिसभामा टिकाराम शाही, प्रदेशसभा क मा घामसिंह राई र प्रदेश ख मा पदमबहादुर जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
जनता समाजवादी पाटीका तर्फबाट प्रतिनिधिसभाका लागि दिपककुमार राई र प्रदेश क मा सीताराम तिम्सिना, प्रदेश ख मा पूर्ण शेर्पाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भक्तनारायण श्रेष्ठले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट कृष्णकुमार राईले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् । मंगोल नेशनल अर्गनाईजेशनका तर्फबाट प्रतिनिधिसभामा देवेन्द्रकुमार घलेले उम्मेदवारी दिएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट राजकुमार लिम्बुले प्रतिनिधिसभामा र डिमारिन्जी शेर्पाले प्रदेश ख मा उम्मेदवारी दिएका छन् । त्यस्तै विनोद घिमिरेले प्रतिनिधिसभाका लागि नेश्नलिष्ट पिपल्स पाटीका तर्फबाट उम्मेदवारी दिएका छन् ।
जिल्ला निर्वाचन अधिकारी रामेश्वर निरौलाका अनुसार प्रतिनिधिसभामा प्रवीण कार्की र तेन्जी भोटियाले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा क मा वीरेन्द्रकुमार राई, प्रदेश ख मा प्रेमबहादुर लिम्बु, छिरिङ शेर्पा र मानबहादुर कार्कीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभामा १२, प्रदेश क मा ८ र प्रदेश ख मा १० गरी ३० जनाले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।









