खाँदबारी । संखुवासभाको खाँदबारीमा वतृत्वकला प्रतियोगिता हुने भएको छ । शुभदिपावलीको अवसरमा अन्तर माध्यमिक विद्यालय स्तरीय खुल्ला वतृत्वकला प्रतियोगिता हुने भएको छ । पाठकधारा टोल विकास संस्थाको आयोजनामा कार्तिक ८ गते मंगलबार लक्ष्मी पुजाको दिन जिल्ला समन्वय समितिको हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
शनिबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराइएको थियो । समृद्ध संखुवासभा निर्माणका लागि जलस्रोत (उर्जा) को भूमिका शीर्षकमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. २५ हजार, द्धितीयले १५ हजार र तृतीयले १० हजार साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् । पाठकधारा टोल विकास संस्थाले विगत १० वर्ष देखि दिपावलीको अवसरमा संस्कृति संरक्षण, सामाजिक सद्भाव, श्रृजनशिलता र एकताको सन्देश सहित विभिन्न कार्यक्रम गर्दै आएको छ ।