३२ जनामा संक्रमण, ७ जना कोरोनामुक्त

काठमाडौं । देशभर पछिल्लो समय १ हजार १६२ जनाको परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा ७ जना कोरोनामुक्त भएका छन्। हालसम्म कोरोनाबाट १२ हजार १८ जनाको मृत्यु भएको छ भने आज कुनै संक्रमितको मृत्यु भएको छैन।

देशभर हाल ६८८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search