वाना । संखुवासभामा गठबन्धनबाट प्रतिनिधिसभा उम्मेद्वार तथा कांग्रेस जिल्ला सभापति दीपक खड्काले ०७४ सालमा एमालेले जितेका कारण आफ्नो जिल्ला विकासमा २५ वर्ष पछाडि परेको बताएका छन्।
यसपटक त्यस्तो गल्ति नगर्न गठबन्धन दलका नेता(कार्यकर्ता तथा मतदातालाई उनले आग्रह गरे। नेकपा एकीकृत समाजवादीले संखुवासभाको पाँचखपन नगरपालिकामा आयोजित दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेद्वार तथा कांग्रेस जिल्ला सभापति दीपक खड्काले फेरि पनि एमालेले जितेमा विकासमा आफ्नो जिल्ला थप पछाडि पर्नेमा सचेत गराए।
आफू संविधान सभासद तथा राज्यमन्त्री हुँदा जिल्ला चारवटा पुल शिलान्यास गरेकामा तीनवटा पुल एमालेका सांसदले तीनवटा पुल अलपत्र पारिदिएको उनले उल्लेख गरे। आफूले जिल्लाका साविकका १५ वटा गाविस समेट्ने गरि रिङरोड निर्माण शुरु गरेकामा एमालेका सांसदले बजेट नै कटौती गरिदिएको उनले सम्झाए।
‘उहाँले रिङरोडबारे थाहा नै भएन भन्नुभएछ, काम गर्ने मन भए पो जानकारी होस् त,’ खड्काले भने, ‘५ वर्षमा संखुवासभा संघीय र प्रदेश सांसदहरुबाट ठगियो।’
तीनवटा पुल किन बनेनन् भनेर भोट माग्न आउने एमाले उम्मेदवारहरुसँग प्रश्न गर्न उनले आग्रह गरे। पाँच वर्षमा किमाथांका सडक ट्रयाक नखुलेकामा त्यसको कारण सोध्न आग्रह गरे।
एमालेले गठबन्धनबाट संघ र प्रदेशका उम्मेद्वार खस आर्यबाट मात्र रहेको भ्रम फिँजाइरहेको उल्लेख गर्दै खड्काले समानुपातिकतर्फ गठबन्धनले समावेशिता अपनाएको स्पष्ट पारे। ‘एमालेमा महिला नेता छैनन्, किन उम्मेदवार नबनाएको भनेर प्रश्न गर्नु होला,’ उनले भने।
पाँच वर्षमा संघीय सांसदको ६ करोड र प्रदेश सांसदको ३ करोड गरी बर्सेनि ९ करोड रुपैयाँ कहाँ गयो भनेर प्रश्न गर्न उनले आग्रह गरे। संघीय सांसदले संखुवासभामा ५ वर्षमा एक सुको बजेट नल्याएकामा प्रश्न गर्न उनले आग्रह गरे।