चिचिलाः ओराङ खोलाको पहिरो हट्यो, यातायात सुचारु

चिचिला । चिचिला गाउँपालिका ४ र ५ विचमा रहेको ओराङ खोलामा गएको पहिरो हटाईएको छ ।

असोज २२ गते राती पहिरो जाँदा अवरुद्ध भएको सडक मर्मत गरि यातायात सुचारु गरिएको हो ।

पहिरो क्षेत्रमा स्काभेटर पुर्याएर २ दिनमा पहिरो हटाईएको हो । अहिले यातायात सुचारु रहेको गाउँपालिका अध्यक्ष पासाङ नुर्बू शेर्पाले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search