देशभरका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाण्डौ । हिजो छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्यमन्त्रालयले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँचवर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।

आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविकामार्फत भिटिामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ’ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पोषणविद् अरुणा उप्रेतीले आफ्नै करेसाबारी र घर आँगनमा पाइने हरियो साग सब्जीमा भिटामिन ‘ए’ पाइने भएकाले यस्ता खानेकुरा खान सुझाव दिनु भएको छ ।

गाउँघरमा सजिलै पाइने लट्टेको सागमा गहुँमा भन्दा बढी रेसादार र लौहतत्व पाइने उहाँले बताउनुभयो । साथै भिटामिन ई, भिटामिन सी, फोलिक एसिड र प्रोटिन, क्याल्सियम आदि लट्टेको सागमा पाइने बताउनुभयो ।

उहाँका अनुसार कुपोषणबाट बचाउन प्रोटिनको ठूलो महत्व हुन्छ । शिशु, महिला, गर्भवती सबैको लागि लट्टेको साग अति उपयोगी हुने पनि उहाँको भनाइ छ ।

त्यस्तै, सिस्नोसँगै रायोको सागमा पनि प्रचुर मात्रामा भिटामिन पाइने भएकाले यस्ता खानेकुरा खान उहाँको सुझाव छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search