मानेभञ्ज्याङ–हेलुवाबेशी सडक मर्मत सुरु

खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका –३ मानेभञ्ज्याङ–हेलुवाबेँशी सडक मर्मत सुरु गरिएको छ । पुर्वाधार विकास कार्यालय संखुवासभाले मानेभञ्ज्याङ–हेलुवाबेँशी सडक मर्मत सुरु गरेको हो ।

कात्तिक २२ गते बाट सडकको मर्मत सुरु गरिएको पुर्वाधार विकास कार्यालय संखुवासभाले जनाएको छ । मानेभञ्ज्याङ–हेलुवाबेँशी खण्डको ९१४ किलोमिटर० मर्मत मंगलबारबाट सुरु गरिएको पुर्वाधार विकास कार्यालय संखुवासभाका प्रमुख शैलेन्द्र सिं बताए । १४ किलोमिटर मर्मत नहुदाँ यातायात सञ्चालनमा समस्या हुँदै आएको थियो ।

बर्खायामले भत्किएको स्थान र खाल्डाखुल्डी भएका स्थानमा मर्मत गर्ने थालिएको प्रमुख सिंले बताए । सडक मर्मत नहुदाँ नागरिकहरुले हैरानी भोग्नु परेको बर्षौ भयो । मानेभञ्ज्याङ–हेलुवाबेँशी सडक मर्मत भएपछि यात्रु सँगै सिलिचोङ गाउँपालिका र खाँदबारी नगरपालिका क्षेत्रका विभिन्न स्थानमा मतपत्र र मतपेटीका ढुवानीमा समेत सहज हुने प्रमुख सिंले बताए ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search