च्याउखेतीबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी

पर्वत । जलजला गाउँपालिका वडा नम्बर ८ फर्सेकी सावित्री खत्रीले व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । बितेको १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट वर्षको १० लाख रुपैयाँभन्दा धेरै आम्दानी गर्न थालेको बताउनुभयो ।

तीनवटा टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । अहिले गोब्रे च्याउ प्रतिकिलो पाँच सय र कन्ये च्याउ दुई सय रुपैयाँमा बिक्री हुँदै आएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search