ट्रकभित्र च्यापिएर चालकको ज्यान गयो

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–५ मा आज बिहान भएको दुर्घटनामा ट्रक चालकको घटनास्थलमा नै ज्यान गएको छ ।

मधेश प्रदेश ०३–००१ ख ८१८१ नम्बरको क्लिङ्कर लोड भएको ट्रक दुर्घटना हुँदा ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय सबिन राईको ज्यान गएको प्रहरीले जनाएको छ । शम्भुनाथ–५ मोहनपुर पुलबाट खसेको ट्रकभित्र च्यापिएर चालक राईको ज्यान गएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search