काठमाडौं र बाँकेबाट १६ जना जुवाडे पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र बाँकेबाट १६ जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका(२४ ईटुम्वहालस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा भारत कोलकत्ता घर भएका ३६ वर्षीय मन्टु भुक्ता समेत ९ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७३ हजार ८ सय २० रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो।

बाँके, बैजानाथ गाउँपालिका(६ रामपुर बस्ने ४९ वर्षीय समर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा समर समेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search