अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गर्‍यो

काठमाण्डौ । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ । विपद् कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको मन्त्रालयले आज प्रेस नोटमार्फत जानकारी दिएको हो ।

गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षा तथा बाढी-पहिरो र डुबानबाट क्षति भएपछि असोज १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयबाट विपद् कोषमा रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search