मकालु  : अपांगता भएका ३३ जनालाई सहायता सामाग्री हस्तान्तरण

संखुवासभाको मकालु गाउँपालिकाका अपांगता भएका व्यक्तिहरुलाई सहायता सामाग्री हस्तान्तरण गरिएको छ । गाउँपालिकाको केन्द्र नुममा सोमबार अपांगता सहायता सामाग्री हस्तान्तरण गरिएको थियो । गाउँपालिका भित्रका ३३ जना अपांगता भएका व्यक्तिहरुलाई प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर दर्जीले सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत दर्जीले ह्वील चेयर ३ ओटा, लठ्ठी १७ ओटा, श्रवण यन्त्र ११ ओटा, कमोड ट्इवालेट चेयर १ ओटा र आम सिलिङ १ ओटा प्रदान गर्नुभएको हो ।

अपांगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र मकालु गाउँपालिकाको साझेदारीमा सामाग्री हस्तान्तरण गरिएको स्वास्थ्य शाखा प्रमुख छिङदोर्जी लामाले बताउनु भयो । अपांगता भएका व्यक्तिहरुको मागका आधारमा सामाग्री प्रदान गरिको थियो ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search