संखुवासभाको चैनपुर नगरपालिका वडा नं. ३ मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । बुधबार राती करिब ८ः३० बजे चित्लाङ पोखरी सडकखण्डमा चित्लाङबाट पोखरीतर्फ आउदै गरेको प्रदेश १–०२–०४९ प ३३३८ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको हो ।
मोटरसाइकलमा सवार चैनपुर २ का चालक २१ वर्षका रुपेश मगरको उपचारको क्रममा बिपि मेमोरियल अस्पताल धरान लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटर साइकलमा अर्को सवार रुपेशका भतिज कुमार मगरको हाल धरानमा उपचार भइरहेको छ ।