मेलम्चीको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न

काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न भएको छ । आज दिउँसो पाइप फुटेर पानी बगेपछि विशेष अदालत र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरू डुबानमा परेका छन् । कार्यालयमा राखिएका गाडी र मोटरसाइकलसमेत डुबेका छन् ।

बबरमहलमा सडकसमेत भासिएको छ । यातायात पनि प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको आयोजनाले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search