समिट एअरको जहाजमा प्राविधिक समस्या, उड्नेबित्तिकै रामेछाप विमानस्थलमा अवतरण

रामेछाप । रामेछापको रामेछाप विमानस्थलबाट लुक्लाका लागि उडेको समिट एअरको जहाजमा प्राविधिक समस्या आएको छ । आई एन ए के जेड कल साइनको समिट एअरको जहाजमा बिहान उड्नेबित्तिकै प्राविधिक समस्या देखिएपछि पुनः रामेछाप विमानस्थलमा नै अवतरण गराइएको छ । जहाजमा १५ जना यात्रु थिए ।

धावनमार्गबाट उचाइ लिने क्रममा जहाजको इन्डिकेटरमा समस्या देखिएको र चालकले तत्काल विमानस्थलमा नै फर्काएर अवतरण गराएको रामेछाप नागरिक उडड्यन कार्यालयका प्रमुख हिरण शाहले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search