शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग नगर्न प्रबुद्ध नागरिक भेलाको अपील

काठमाण्डौ । प्रबुद्ध नागरिक समूहको अन्तरक्रियात्मक भेलाले राजावादीको आन्दोलनका सन्दर्भमा ६ बुँदे अपील जारी गरेको छ । उनीहरूले सरकार पक्षबाट यथाशीघ्र वार्ता, संवाद र सहमतिको लागि आह्वान गरेका छन् ।

अपीलमा नागरिकको शान्तिपूर्ण आवाज र मागकाविरुद्ध राजनीतिक नेतृत्व र सरकारी तहबाट प्रतिकारात्मक गतिविधि एवम् बल प्रयोग नगर्न अनुरोध गरिएको छ । परिस्थिति नियन्त्रणबाहिर जाने अवस्था आएमा त्यसको जिम्मेवार सरकार स्वयम् हुनेतर्फ सचेत पनि गराइएको छ ।

भेलामा केही उद्योगी/व्यवसायी, कलाकार, सञ्चारकर्मी, उद्यमी तथा पूर्वआईजीपी सर्वेन्द्र खनाललगायत सहभागी थिए । आज काठमाण्डौमा गणतन्त्रवादी र राजावादीले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search