काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् बैठकमा सम्बोधन गर्नुहुने भएको छ । अधिवेशनको पहिलो दिनको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परानुसार भोलिदेखि शुरू हुने बजेट अधिवेशनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलीले समग्र देशको परिस्थिति र संसद्को जिम्मेवारीबारे बोल्ने तयारी रहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । यसपालिको बजेट अधिवेशनको पहिलो बैठक भोलि दिउँसो १ बजे बस्ने तय भएको छ ।
बजेट अधिवेशनको पहिलो दिन भोलि दलगत रूपमा नेताहरूले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।