काठमाण्डौ । फिफा क्लब विश्वकपमा युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले एट्लेटिको म्याड्रिडलाई हराएको छ । क्लब विश्वकपअन्तर्गत समूह ‘बी’ को खेलमा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेनले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई ४–० ले पराजित गरेको हो ।
यसअघि आज बिहान सम्पन्न समूह ‘ए’ को खेलमा पोर्चुगलको एफसी पोर्टो र ब्राजिलको पाल्मेरसले गोलरहित बराबरी खेल्दै अङ्क बाँडे । यस समूहमा हिजो इन्टर मायमी र अल आहली पनि गोलरहित बराबरी खेलेका थिए । समूह ‘बी’ अन्तर्गत आज ब्राजिलको बोटाफोगो र क्यानडाको सिआटल साउन्डर्सबीच खेल हुँदैछ ।











