नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट ४६ वर्षीया शान्ति डुम्रेको ज्यान गएको छ ।
हिजो राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेपछि उपचारका लागि कालीगण्डकी अस्पताल कावासोती लगिएकोमा गएराति नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । डुम्रेलाई डस्ने सर्पको प्रजाति पहिचान नभएको प्रहरीले जनाएको छ ।











