हङकङका प्रजातन्त्र समर्थक उद्योगपति जिमी लाईलाई २० वर्षको जेल सजाय

हङकङको एक अदालतले प्रजातन्त्र समर्थक चर्चित उद्योगपति तथा सञ्चार उद्यमी जिमी लाईलाई राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घनको अभियोगमा २० वर्ष जेल सजाय सुनाएको छ ।

डिसेम्बरमा दोषी ठहर गरिएका लाईलाई आज सजाय तोकिएको बीबीसीले जनाएको छ । यो सजाय हङकङमा चीनद्वारा लागू गरिएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत अहिलेसम्मकै सबैभन्दा कडा सजाय मानिएको छ । चीनले यो कानुनलाई हङकङको स्थिरता र सुरक्षाका लागि आवश्यक भएको दाबी गर्दै आएको छ ।

ब्रिटिश पासपोर्ट धारक जिमी लाई बेइजिङका कट्टर आलोचकका रूपमा चिनिन्छन् । उनले आफ्नो प्रजातन्त्र समर्थक पत्रिका ‘एप्पल डेली’ मार्फत चीनविरुद्ध आवाज उठाउँदै आएका थिए । यही पत्रिकालाई उनले विरोधको माध्यमका रूपमा प्रयोग गरेको अभियोग लगाइएको थियो ।

अदालतले ‘एप्पल डेली’ का पूर्व ६ जना कार्यकारी अधिकारीहरूलाई पनि ६ वर्ष ९ महिनादेखि १० वर्षसम्मको जेल सजाय सुनाएको छ । प्रजातन्त्र समर्थक आन्दोलनले जिमी लाईलाई नायकका रूपमा हेर्ने गरेको छ भने चिनियाँ प्रशासनले उनलाई देशद्रोहीको संज्ञा दिएको छ ।

तर, लाईले आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन् । उनले हङकङका मूल्यहरू कानुनको शासन, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारका लागि मात्र आवाज उठाएको दाबी गरेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search