शेयर बजार २६ अङ्कले ओरालाे लाग्याे, काराेबार रकम पनि घट्याे

काठमाण्डाै । शेयर बजार लगातार दोस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ०५ अङ्कले घटेर २ हजार ६ सय ७२ दशमलव ३९ विन्दुमा झरेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर सबैभन्दा धेरै २ दशमलव २९ प्रतिशतले ओरालो लागेको छ ।

आज २ सय १२ वटा कम्पनीको शेयर घटेकोमा ४२ वटाको बढेको छ । यस्तै ६ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज मायाखोला हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ५ दशमलव ४० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन खानीखोला हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ११ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ३ सय २४ वटा कम्पनीका २ करोड ६७ लाख कित्ता शेयर १० अर्ब ७७ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search