टी–२० विश्वकप : वेस्ट इन्डिजसँगको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो तेश्रो खेलमा वेस्ट इन्डिजसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि शुरु हुँदैछ । नेपालले टस हारेको छ ।

वेस्ट इन्डिजका कप्तान साई होपले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्दैछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल पर्सि मङ्गलवार स्कटल्याण्डसँग खेल्नेछ । समूह चरणमा लगातार दुई हार बेहोरेपछि नेपाली क्रिकेट टोलीको विश्वकप यात्रा सुखद हुन सकेन ।

नेपाली टोली समूह चरणबाटै बाहिरिने संघारमा छ । कुनै पनि अङ्क जोड्न नसकेको नेपाल समूह ‘सी’को अङ्क तालिकामा पुछारमा छ । लगातार २ खेलमा जीत निकालेको वेस्ट इन्डिज समूह ‘सी’ को शीर्ष स्थानमा छ ।

यस्तै आजै दिउँसो ३ बजे भारतको चेन्नईमा नामिबिया र अमेरिकाले खेल्दैछन् । आजै बेलुका सवा ७ बजे आयोजक भारत र पाकिस्तानबीच खेल हुनेछ । यो खेल श्रीलंकाको कोलम्बोमा हुनेछ । लगातार दई खेल जितेका दुवै टोलीको समान ४ अङ्कसहित भारत शीर्ष र पाकिस्तान दोश्रो स्थानमा छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search