इरानले नोबेल पुरस्कार विजेता मोहम्मदीलाई अर्को जेलमा स्थानान्तरण गर्‍याे

नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीको स्वास्थ्यलाई लिएर चिन्ता बढीरहेका बेला इरानले पूर्व जानकारी नदिई उहाँलाई उत्तरी भागको एक जेलमा स्थानान्तरण गरेको छ । दुई दशकभन्दा लामो समयदेखि महिला अधिकार र इरानी नागरिकको स्वतन्त्रताको अभियानको नेतृत्वका लागि सन् २०२३ मा उहाँलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।

५३ वर्षीया मोहम्मदीलाई गएको डिसेम्बर १२ मा पूर्वी शहर मशहादमा एक अन्त्येष्टि समारोहमा इस्लामिक धार्मिक नेतृत्वविरूद्ध बोलेको आरोपमा पक्राउ गरिएको थियो । उहाँले इरानमा हालै भएको सरकारविरोधी आन्दोलनका लागि नागरिकलाई उक्साएको आरोप पनि लगाइएको छ ।

यसै महिनाको शुरुमा उहाँले भोक हडताल गर्नुभएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार उहाँलाई जेलमा लैजानुपूर्व अस्पताल भर्ना गरिएको थियो ।

पक्राउ परेपछि मोहम्मदीलाई मशादमा गुप्तचर मन्त्रालयको हिरासतमा राखिएको थियो र उहाँलाई इरानभित्र रहेका भाइ र उहाँका इरानी वकिलसँग फोन गर्न अनुमति दिइएको थियो । तर उहाँलाई अहिले देशको उत्तरी भागमा रहेको जन्जान शहरको जेलमा सारिएको आफन्तले बताएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search