बागलुङको ढोरपाटनमा दादुरा विरुद्धको खोप सञ्चालन हुने

काठमाण्डौ । बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुरा विरुद्धको खोप सञ्चालन गर्ने भएको छ । नगरपालिका भित्रका १० देखि २० वर्ष उमेर समूहका झन्डै ७ हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ढोरपाटन नगरपालिका–७, ८ र ९ का पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । ५६ जना शङ्कास्पद बिरामीलाई निगरानीमा राखिएको छ । उनीहरु मध्ये ३० जना अस्पतालमा उपचार गराइरहेका छन् ।

शाखा प्रमुख गौतमले अहिले सङ्घ, प्रदेश कार्यालयबाट चिकित्सकसहितको टोली पुगेर दादुरा नियन्त्रणको काम भइरहेको बताउनुभयो । फागुनको पहिलो हप्ता भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले दादुरा सारेको पाइएको छ । दादुरा अत्यन्तै सङ्क्रामक भएकाले एक जना सङ्क्रमितले १८ जनासम्म सङ्क्रमण सार्न सक्दछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search