शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना शुरू

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना शुरू भएको छ । राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटासँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरी बाघ गणना थालिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

आज बिहान कार्यक्रमको आयोजना गरी निकुञ्ज कार्यालयले औपचारिक रुपमा बाघ गणना शुरू गरेको हो । आहार प्रजातिको पर्याप्तताका कारण शुक्लाफाँटामा बाघको सङ्ख्या धेरै भएको जनाइएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बाघ गणनाका लागि ५ सय ८० स्वचालित क्यामेरा जडान गरिनाका साथै ७७ जनाको प्राविधिक टोली खटिने जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search