काठमाण्डाै । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहसहित पार्टीलाई भर्खरैको आमचुनावमा प्राप्त सफलताका लागि बधाई ज्ञापन गर्नुभएको छ ।
रास्वपा नेताद्वयलाई दिनुभएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले याे जनादेश नेपाली नागरिकले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गर्नुभएको छ ।
सन्देशमा उहाँले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको उल्लेख गर्नुभएको छ ।











