धनुषा–१ मा नेकपाका मातृका यादव विजयी भएको आयोगको औपचारिक घोषणा

काठमाण्डौ । निर्वाचन आयोगले धनुषा–१ मा नेकपाका मातृका यादवलाई विजयी भएको औपचारिक घोषणा गरेको छ । यस अघि निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र दिएको भएपनि उम्मेदवारी खारेज भएका रास्वपाका उम्मेदवार किशोरी साह कमलको पक्षमा अत्यधिक मत आएपछि आयोगले आफ्नो वेवसाइटमा औपचारिक घोषणा गरेको थिएन ।

आज आयोगले धनुषा १ मा मातृका यादव विजयी भएको घोषणा गर्दै १ सय ६५ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक गरेको हो । आयोगले उम्मेदवारी खारेज भइसकेकोले किशोरी साहको मतको छुटै लगत राखे पनि वेबसाइटमा अद्यावधिक गरेको छैन ।

वित्तिय संस्थाको कालो सूचीमा रहेको भेटिएपछि आयोगले रास्वपाका साहको उम्मेदवार खारेज गरेको थियो । साहले दायर गरेको रिटमा अदालतले भोलि निर्णय गर्दैछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search