काठमाण्डौ । गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा ४.७ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै निर्वाचन प्रणलीमा परिमाणमा मद बदर भएको हो ।
उहाँका अनुसार २०७९ सालको मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा बदर मत प्रतिशत ५.०६ प्रतिशत थियो भने २०७४ सालको प्रतिनिधिसभा सदस्य चुनावमा बदर मतको प्रतिशत ५.१८ प्रतिशत थियो ।
२०७० सालको मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा सदस्य चुनावमा ४.९६ प्रतिशत मत बदर भएको थियो । यसैगरी २०६४ साल चैत २८ गते सम्पन्न संविधानसभाको पहिलो चुनावमा भने ५.१५ प्रतिशत मत बदर भएको थियो ।
आयोगका अनुसार विगतका पाँच वटा चुनावको तुलनामा यसपटक औसतमा कम मत बदर भएको छ ।











