संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरिक्षक नन्दलाल चौधरी मकालु हिमाल आरोहणका लागि जाने भएका छन् । संसारकै पाँचौँ र नेपालको चौथो अग्लो हिमाल मानिने ८,४६३ मिटर उचाइको मकालु हिमाल चढ्न लागेका चौधरीलाई प्रहरी महानिरीक्षक (आईजिपी) दानबहादुर कार्कीले राष्ट्रिय झण्डा तथा नेपाल प्रहरीको झण्डा हस्तान्तरण गर्दै शुभकामनासहित बिदाइ गरे ।
यस अघि नायव निरिक्षक चौधरीले २०८२ साल कात्तिक ५ गते सोलुखुम्बुस्थित ६,४७६ मिटर उचाइको ‘मीरा पिक’ सफलतापूर्वक आरोहण गरिसकेका छन् । हिमाल आरोहणको अनुभव र तयारीसहित मकालु अभियानतर्फ उक्लिएका चौधरीलाई नेपाल प्रहरीले सुरक्षित तथा सफल आरोहणका लागि शुभकामना व्यक्त गरेको छ ।











