सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले घट्यो

काठमाण्डौ । आज पनि सुनको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले घटेको हो । भाउ घटेर आज सुन तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलाको दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ लगातार ६ कारोबार दिन घटेको हो । गएको मङ्गलवार सुन तोलाको तीन लाख ९ हजार ९०० रुपैयाँ रहेको थियो ।

सुन घटे पनि आज चाँदीको भाउ बढेको छ । चाँदीको भाउ तोलामा ८० रुपैयाँले बढेको हो । हिजो चाँदी तोलाको चार हजार ४२५ रुपैयाँमा कारोबार भएकोमा आज भाउ बढेर चार हजार ५०५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search